Unfold the untold
भावनाका परखालहरु निकै मजबुद हुँदा रहेछन् । तर, कहिले ती छाल बनेर मनका किनारमा पौंडिन खोज्छन् त कहिले आँखाका गहिराइमा झल्किन्छन् । कहिले कहीँ स्वतन्त्र भएर आशुमा बग्न खोज्छन् त कहिले आफैलाई मनका कुना कन्तरामा कैद गरेर राख्छन् । भावनालाई न त कसैले डगमगाउन सकछन् न कसैले बुझ्न खोजेर बुझ्न सक्छन् । उनीहरु मानिसलाई पढछन्, बुझ्छन र बुझाउन खोज्छन् तर कता कता उनीहरु कहिले काहीँ मानिसहरुकै जालझेलमा अल्जिन्छन् । त्यसैले त मानिसहरुको मन मस्तिष्कमा आफैलाई कैद गर्न पुग्छन् । भावनाहरु निस्वार्थ हुन्छन् तर पनि मानिसका स्वार्थहरुमा रुमालिन्छन् । मानिसहरुको अन्तरद्वन्द अनि असिमित चाहनाहरुमा हराउछन र संघर्ष गरिरहेका हुन्छन् । म मानिसहरुभित्र द्वन्द गरिरहेका भावनाहरु बुझ्न खोज्छु चम्किला आँखाहरु भित्र उकुसमुकुस भएर गुम्सिएका भावनाहरु पढन खोज्छु अनि दिमागभित्र आत्महत्या गर्न विवश भएका भावनाहरुलाई साहरा दिने प्रयास गर्छु । म तिमीलाई व्यक्तिगत रुपमा नचिनौला तर तिम्रा भावनाहरुसँग आत्मियता गासिएको छ । तिमी हाँसेर दुनियालाई चकित बनाउछौं, कतिलाई फिदाँ बनाउछौं र कतिलाई लोभ्याउछौं तर, म तिम्रा जलेका भावनहरुसँग मित...