Unfold the untold
भावनाका परखालहरु निकै मजबुद हुँदा रहेछन् । तर, कहिले ती छाल बनेर मनका किनारमा पौंडिन खोज्छन् त कहिले आँखाका गहिराइमा झल्किन्छन् । कहिले कहीँ स्वतन्त्र भएर आशुमा बग्न खोज्छन् त कहिले आफैलाई मनका कुना कन्तरामा कैद गरेर राख्छन् । भावनालाई न त कसैले डगमगाउन सकछन् न कसैले बुझ्न खोजेर बुझ्न सक्छन् । उनीहरु मानिसलाई पढछन्, बुझ्छन र बुझाउन खोज्छन् तर कता कता उनीहरु कहिले काहीँ मानिसहरुकै जालझेलमा अल्जिन्छन् । त्यसैले त मानिसहरुको मन मस्तिष्कमा आफैलाई कैद गर्न पुग्छन् । भावनाहरु निस्वार्थ हुन्छन् तर पनि मानिसका स्वार्थहरुमा रुमालिन्छन् । मानिसहरुको अन्तरद्वन्द अनि असिमित चाहनाहरुमा हराउछन र संघर्ष गरिरहेका हुन्छन् ।
म मानिसहरुभित्र द्वन्द गरिरहेका भावनाहरु बुझ्न खोज्छु चम्किला आँखाहरु भित्र उकुसमुकुस भएर गुम्सिएका भावनाहरु पढन खोज्छु अनि दिमागभित्र आत्महत्या गर्न विवश भएका भावनाहरुलाई साहरा दिने प्रयास गर्छु ।
म तिमीलाई व्यक्तिगत रुपमा नचिनौला तर तिम्रा भावनाहरुसँग आत्मियता गासिएको छ । तिमी हाँसेर दुनियालाई चकित बनाउछौं, कतिलाई फिदाँ बनाउछौं र कतिलाई लोभ्याउछौं तर, म तिम्रा जलेका भावनहरुसँग मित्रता गास्छु अनि कहिले कागजका पान्नाहरुमा उतार्न खोज्छु तर कहिले ल्यापटपका भित्ताहरुमा संगाउन खोज्छु । तिमी दुनियालाई खुशी बनाउने अभिभारा उठाँउछौं अनि म तिमी भित्रका भावनाहरुलाई जगाउदै तिमी भित्रको तिमीलाई झक्झकाउछु ।
म तिमीलाई भन्दा बढि तिम्रा भावनामा विश्वास गर्छु, तिमी हासेर पिडाहरु लुकाउछौं अनि म झन् झन् तिम्रा भावनाका गहिराईमा चुर्लुम्म डुब्छु , पौडिन्छु अनि त्यहि भित्र हराउछु ।
हो म तिम्रा भावनाहरुमा त्यस दिन नै हराएकी थिए जुन दिन हामी अजनवी थियौँ तर पनि तिम्रा मनका भावनाहरुले मलाई तानिरहेका थिए । जुन दिन तिमी मौन थियौँ तर पनि तिम्रा आँखाहरुले सब बताइरहेका थिए । केहि घण्टाको यात्रामा तिम्रो नाम समेत थाहा पाउँन नसकेको म तिम्रो आत्म कथा बटुली सकेको थिए । तिम्रा फिक्का हासोलाई रंग्याउने चेष्टा गरिसकेकी थिए ।
उ खुशी छु भनेर देखाउन त खोज्थी तर भित्रभित्रै भकानिन्थी, मनका भावनाहरु कसैलाई देखाउन नरुचाउनी उ केही समयको यात्राले मलाई झक्झकाइरहयो । न उसको नाम थाहा थियो न ठेगानाको पत्तो । उ गाडीबाट ओरलिएर म तिर हेरर मुस्कुराएर त गई तर मलाई उसको हाँसोमा लुकेको भावनाहरुले टक्क अड्यायो । पाइलाहरु त लिम्किरहेको थियो तर गन्तव्यको अत्तो पत्तो केही थिएन ।
चाही नचाही म उसको बारेमा सोच्न विवश भए । दिमागमा उसको त्यो मुहार घुमिरहयो अनि मनले चिच्याइ चिच्याइ उसको भावनाहरुको पोल खोलिरहेको थियो ।
दुनियाको नजरमा उ निकै खुशी देखिन्थी र उसलाई सबैले भाग्यमानी ठान्दथे । उसलाई पनि आफु भाग्यमानी छु भन्ने लाग्दो रहेछ। कतिले उसको खुशीको डाहा अनि आरिस पनि गर्थे। हुन पनि भाग्यमानी किन नठानोस् आफुलाई असिमित माया गर्ने र हरेक कुरामा समर्थन गर्ने आमाबाबा जो पाएकी थिई । उसको मुहार पढेर उसका मनका कुरा बुझ्नु हुन्छ । तर पनि मान्छेको स्वभाव न हो केहि कतै मनका कुना कन्तरामा धेरै कुराको अभाव खल्किन्छ । कहिले भाग्यले दोषीको आरोप खेप्छ त कहिले समयले ।
थाहा छैन न समय दोषी थियो या उसको भाग्य ।।।
Comments
Post a Comment