मायाको हाजिरी जवाफ

कुनै दिन मायाको हाजिरी जवाफमा
मायाका प्रश्न तेर्साइदा
प्रतिउत्तरमा माया गर्न जान्दिन भन्दा
अंक गुमाएकी म
आज सोभिमान जोगाउन सफल भएकी छु
 

त्सबेला विजेताको मेडलबाट हात धोएकी म
आज जीन्दगीका पान्नाहरुमा टिकिरहेकी छु
हिजो सहि उत्तर दिएर अकं जोड्नेहरु 
आज जीवनका गणीतमा घटिरहेका छन्

मेडलका सान देखाउनेहरु
आज जीवनका किनारामा 
गनासो पोखिरहेका भेटिन्छन्
कति मेटिन्छन् आफैलाई मेटाइरहन्छन्

हिजो पराजय खेपिरहँदा 
दुखि देखिए होला म
तर आज सबैभन्दा खुशी छु
अनि हाजिरी जवाफमा हारेर पनि जितेकी छु 

Comments

Popular posts from this blog

मनका भावना

Dear Mother Earth

डियर जीन्दगी