मनका भावना

धेरै पछि आज 

मनका भावनाहरु कोर्दै छु

कुना कन्तरामा 

उकुस् मुकुस् भएर गुम्सिरहेका

बेथाहरुलाई आज 

पोख्ने जमर्को गर्दै छु

हेसिलो देखिने मुहारमा 

अल्झिएर बेरिएका पिडाहरुको 

गाठो खोल्ने कोशिश गर्दै छु 


जन्दिगीको हरेक अध्यायमा 

सहयात्री बन्छु भन्ने आज गुमनाम छन् 

कतै बाटो विराए 

कि बाटो मोडिए खोज्दै छु 


बनाएर घर हिजो यो दिलमा

आज अर्को शहरमा नजर घुमाउनेहरु

कतै डेरा सरे महलमा

कि भौतारिरहेका छन् हेर्दै छु

Comments

Popular posts from this blog

Dear Mother Earth

डियर जीन्दगी