डियर जीन्दगी

डियर जीन्दगी

कहिले मन फुरुंग होला

कहिले आत्तिएको पनि हुन सक्ला

कहिले नडग्मगाउने कदम होला

कहिले पाईला सार्ने आँट नहुन सक्ला


फुरुंग भएकी हुँदा 

तिम्रो जरुरत छैन भन्ने नसोच्नु

मन आत्तिएकी बेला

एक्लै भौतारियोस् भनेर नछोड्नु


चाहे मेरा कदम अघि बढिरहुन

चाहे ती रोकिन विवश किन नहुन

साथ तिम्रो रहिरहोस्

Comments

Popular posts from this blog

तिम्रो र मेरो विचार फरक

मनका भावना