झरी
पानीका थोपाहरु जमिनमा रसाउदा
संगीत गुन्जिए झै लाग्छ
कता कता हरेक थोपाहरुले
केहि बात गरिरहेका छन् झै लाग्छ
कहिले मनका पीडा त
कहिले आफ्ना खुशीहरु
पानीको रुपमा पोखे झै लाग्छ
मनका भावनाहरु खोले झै लाग्छ
म उसका कुरा बुझ्न खोज्छु
कत्ति बुझ्छु बुझदिन थाहा छैन
एउटा हातमा चियाको कप पक्डिदै
हरेक चुस्किसंगै उसकै गफमा भुल्छु
म निथ्रुक्कै हुन्छु,
उ आफैलाई रिताउछ
मैले त शितलता पाउछु
उसलाई के मिल्छ थाहा छैन
बर्षा यामको साहेताले
आउछ हरेक दिन ऊ
झरी बनी
अनि मनका भावना पखालेर जान्छ
म नि उसलाई साथ दिन्छु
कहिले रुझेर
कहिले एकटकले नियालेर
कहिले तातो चिया पिउँदै
उसलाई म प्रिय लाग्छ लाग्दैन थाहा छैन
तर मलाई ऊ गडगडाएर भन्दा
शान्त भएर एकटकले बर्सिरहदा
लोभ लाग्छ अनि झन प्रिय लाग्छ
Comments
Post a Comment