तिम्रो र मेरो विचार फरक

 थाहा छ मलाई

तिम्रो र मेरो विचार फरक

भूगोल एउटै भएपनि

परिवेश फरक छ


तिमी बादल माथी नयाँ दुनियाको कल्पना गर्छौं

म बादल भित्र दुनिँया बसाउन खोज्छु


तिमी हवाईजहाजमा उड्ने सपना देख्छौं

म जमिना हिड्न रमाउँछु 


तिमी शिशाका महलहरु तिर लोभिन्छौं

म ढुँगा र माटोको न्यानोपनमा आकर्षित हुन्छु


तिमी कहाँ हाइफाई जीवन रोज्छौं

म लाज ढाक्न र भोक मेन्ट पाए मख्ख हुन्छु


थाहा छ तिमी नर्थ पोल म साउथ पोल हँु भन्ने

तिमी र म बीच तुलना र तर्जुमा गर्न नसकिएला

तर चुम्बकका दुई विपरित पोलहरु आकषित भएजस्तै

तिम्रा र मेरा भावनाहरु कत्तै तालमेल मिलाउन नसकिएला त

Comments

Popular posts from this blog

डियर जीन्दगी

मनका भावना