दशैंःचाँड एक दुख अनेक



घरका भित्ताहरु रातो माटोले पोत्यौं कि पोतिनौं आमा

पानी चुहिनी छानो खरले छायौं कि छाइनौं आमा

माकुराको जालो झायौं कि झारिनौं आमा

आगँनको झार ओखल्यौं कि ओखलिनौं आमा


भकारीको धान रितयो होला 

साहुकोमा रिन काटी ल्यायौं कि ल्याइनौं आमा

पोहोर साल फाटेको धोतीले टार्यौ

यसपाली नयाँ धोती फेर्यौ कि फेरिनौ आमा

सबका घरमा खसी काटे होलान्

धार्नी बिसौंली मासु ल्यायौं कि ल्याइनौं आमा 


मिठो खाने रहर तिमीलाई पनि होला 

परिवारको पेट अघाँउनै व्यस्त भयौं कि थोरै भएनी खायौं आमा

यसपाली दुखै भए पनि राम्रोसंग चाँडपर्व मनाउँ आमा

अर्को साल रितिएका भकारीदेखि फाटेका आशाहरु सबै फेर्नेछु आमा

Comments

Popular posts from this blog

मनका भावना

Dear Mother Earth

डियर जीन्दगी