डियर भित्ता


म अनि मेरा कोठामा भित्ताहरु
एकअर्कासंग अपरिचित छौं
तर एकअर्का बिना अपुरो छौं

हामी भावनाहरु साट्छौं
हरेक दिन प्रगाढ मित्रता गास्छौं
म आफैमा हराउछु, आफैलाई भुल्छु

कहिले मेरो आत्मविश्वास
डगमगाएको देख्छ ऊ
कहिले भकानिएर रोहिरहेको भेट्छ ऊ
त कहिले पुतली झैँ खुसीले उडीरहेको भेट्छ ऊ
नाच्दै, गाउदै आफैमा रमाइरहेको भेट्छ ऊ

ऊ संग मेरो सहस्य सायदै कुनै लुकेको होला
तर पनि कहिले नकारात्मक नजरले हेर्दैन ऊ
मेरो साथमा साथ मिलाएर 
हरेक अवस्थामा सहज मलाई सहज बनाउने कोसिस गर्छ ऊ
दुनियाको लागि सायदै ऊ निरजीव होला
तर मेरो भावमा भाव मिलाउने केवल ऊ एउटा छ

मैले भन्दा बढि नजिकबाट मलाई उसले चिन्दो हो 
मिल्ने भए सायद कहिले दिक्क मानेर छोडेर जादो हो
त कहिले मसंगै बसेर अंगालो हालेर रुदो हो
त कहिले मेरा बेवकुफीहरुमा पेट मिचिमिची हास्दो हो

तर, सोच्छु कहिले काहीँ सायद ऊ बोल्ने भए
कति गिज्याउथ्यो होला मलाई 
कति ओटा नाम राखिदिन्थ्यो होला मेरो
तर पनि रमाइलो हुन्थ्यो होला
मेरो बारेमा के सोच्छ सोध थिए होला  
मेरा पर्माइस पुरा गर्देउ भन्दै दिक्क पार्थे होला

तिमी नबोले पनि मेरो लागि प्रिय छौं
स्वार्थको खोल लगाएका मानिस भन्दा खास छौं
अनि तिमी मलाई म भन्दा पनि विशेष छौं

डियर भित्ता तिमी मेरो सारथी हौं
बाटो अलमलिएको बेला डहोर्याउने अगुवा हौं
लड्दा उठने साहरा हौं
अनि तिमी त मेरो परिपुरक हौं ।।

Comments

Popular posts from this blog

डियर जीन्दगी

तिम्रो र मेरो विचार फरक

मनका भावना