मेहेन्दी


यी हेरन आज मैले मेहेन्दी लगाएकी छु
कस्तो देखिएको छ भनन्
खासै रामो त बनाउन जानिन तर 
जानी नजानी एउटा आकृति कोरेकी छु
तिम्रा माया जति सबै यसमा पोखेकी छु
अनि आफ्नो हत्केला भित्र लुकाएर राखेकी छु

खै तिम्रो माया पो झल्कियो क्या हो
हात तानी तानी हेर्दै थिए साथीसंगीनी
अली अली खिसी गर्दै 
अनि थोरै जलनमा
यसको मेहेन्दीको रंग गाढा पो बसेछ भन्दै
एकअर्कासंग काने खुसी गर्दै थिए साथीसंगीनी

तर मेहेन्दीको रंग र तिम्रो मायामा 
खासै तालमेल देख्दिन म
यदि यस्तो हुँदो हो त
ती रंगहरुलाई सजिन हम्मे हम्मे पर्दो हो

खैर केहि छैन यदि मायाको रंग 
हत्केलाको मेहेन्दीमा झल्किदो हो त
मेरो हत्केलामै मायाको इन्द्रेणी हुँदो हो
अनि म हेरेक दिन नयाँ आकृति कोरेर
मायाको डाह गर्नेहुरुको प्रतिकृया हेर्दी हुँ

Comments

Popular posts from this blog

मनका भावना

Dear Mother Earth

डियर जीन्दगी