दशैंको सम्झना

टोलभरी रातो माटो लिन जानेको हल्ला झुस्मुसे अधेरैमा शुरू हुन्थ्यो
४–५ महिना अघिदेखि सवेरै उठेर दशैंको खसीलार्इ दाना खुवाउने काम मेरो हुन्थ्यो
बारीमा भएको बाबियो पिङ खेल्न डोरी बनाउन भनि नकाटि राखिन्थ्यो
र पो दशैंको रैनक छुट्टै हुन्थ्यो
केराको घरि मगमगाउने गरि पाक्थ्यो
ठेकी भरि दहि अटाइनअटाइ हुन्थ्यो
त्यो चिउर कुट्न आधी रातदेखि ढिकी चलेको आवाज आउथ्यो
र पो दशैं आए झै लाग्थ्यो
शहर गएका मान्छेहरू घर फर्किन्थे
पाटी र पैवाहरूमा बटुवा र भरियाहरूको लाम हुन्थ्यो
बजार भरि रंगिचंगी खेलैना, लुगा र कपडाले मान्छेहरूको भिड लाग्थ्यो
र पो दशैंको महत्व हुन्थ्यो
नयाँ चप्पल लगाउन पुरानो फाटोस् भनेर चक्कुले काटिन्थ्यो
लुगा सिलाइदिन भनेर दर्जी काका मेसिन बोकेर आउथे
मेरो नाना छिट्टै सिलाइदिन है भन्दा सानोदेखि पालो कुर्दा
दशैं आएको आभास हुन्थ्यो
तेरो भन्दा मेरो धेरै वटा पैंसा भन्दै हिडिन्थ्यो
अनि स–परिवारसँगै भइन्थ्यो
र पो दशैं दशैं झै लाग्थ्यो
अहिले त्यी कुनै चाहाना पनि छैन
मिठो खान दशैं कुर्नु पर्दैन
तर, स–परिवार जम्मा हुन दशैं कुर्दा
पढाइको छुट्टी मिलेन, अफिसले बिदा दिएन
यी यावत बाहानाले दशैं दशैं झै रहेन

Comments

Popular posts from this blog

मनका भावना

Dear Mother Earth

डियर जीन्दगी