म तिमीले जन्माएको कवि

म तिमीले जन्माएको कवि
तिम्रो शब्दमा शब्द मिलाउँदै गर्दा
तिम्रो लयमा लय थप्दै जाँदा
तिमीसँग मिठा पलहरु साट्दै जाँदा
तिम्रो मुस्कानमा फिदा हुँदै,
सुख, दुखका कुरा गर्दै जाँदा
कहिले रिसाउदा, कहिले तिमीले फकाउदा
हरेक समयहरु बित्दै जाँदा
भविष्यका यात्राहरु  तिमीसँग कोर्दै जाँदा

बसन्त रितुझै तिम्रो मायामा परिवर्तन आउँदै गर्दा
तिम्रा वाचा बन्दनहरु तोडिदै जाँदा
हरेक दिन तिमीले टाँदा हुने बाहानाहरु खोज्दै जाँदा
हाम्रा सपनाका महलहरु टुक्रिदै जाँदा
तिमीले दिएका चोटहरुले मनमा खाटा बस्दै जाँदा
तिम्रो यादको साहारामा बामे सर्दै
तिमीलाई सम्झेर कहिले रुदा
कहिले एकलै मुस्कुराउदै गर्दा
थाहा नै नपाई कतिबेला कवि भइसकेछु........

Comments

Popular posts from this blog

मनका भावना

Dear Mother Earth

डियर जीन्दगी