जिम्मेवारी कि सपना ?

जिम्मेवारी कि सपना ?

मन भरि कयौं सपना अनि काँध भरि जिम्मेवारीको बोझ
सायद सहज थिएन होला दुईवटा मध्य रोज्न

तर समय अनि परिस्थितिको खेल
मन भरिका सपनाले मेटाउन सकेनन् परिवारका भोक

न त वर्खाका झरि र चैतका हुरिलाई दिन सके ओत
अनि विवश ऊ परिवारका खातिर त्याग्नै पर्यो यी सब थोक

अहिले उसलाई परिवारले कमाउन नसक्ने नाकाराको संग्या गर्दा
कति भकानिन्छन मन एकान्तमा,

परिवारका खातिर गरेका बलिदानहरु सम्झदा छर्लगं हुन्छन रात
रमेको नाटक गर्न सिकाइ सकेछ जिन्दगिका रंगमञ्चहरुले

हुन त किन नसिकोस् आफ्नो सपना छोरा छोरीका आँखामा जो देख्छ
र त रातदिन सपना पुरा हुन्छन् कि भनेर अझै पनि आफैलाई बिर्सेर खटिरहन्छ ऊ

Comments

Popular posts from this blog

मनका भावना

Dear Mother Earth

डियर जीन्दगी