भनन्

साच्चै तिमीलाई म राम्री लाग्छ कि
मन राख्नलाई राम्री छौं भन्छौं
परी झैँ कल्पनामा आउँछु कि
अरुलाई झैँ गिज्याउनलाई भन्छौं

३२ लक्षण युक्त त कहाँ छु र म
मनबाटै वरण गर्छौ कि
फुरुंग पार्न
मुनामदनका शब्द पैँचो माग्छौं

न जिउडाल मिलेको
न रुपमा वरदान पाएको
गहुगोरो रंगमै सुन्दर देखिन्छु कि
लाली र पाउडरमा पोत्तिन नपुगेको

दन्त लहर देखाएर हाँस्दा राम्री लाग्छु कि
पुक्क परेर रिसाउदा फकाउन आनन्द लागेर
साच्चै मोटी लागेर हो कि
माया लागेर मोटु भनी बोलाउछौं

थोरै थोरै नक्कल पार्दा कि
गुन्यु चोलिमा राम्री देखिन्छु
घाँसको भारिमा कि
अफिसको जिम्मेवारीमा राम्री देखिन्छु

म रिसाउदिन आज
साच्चै भनन्
म चुलबुल चुलबुल बोलिरहँदा कि
मन्द मन्द लजाइरहँदा राम्री देखिन्छु

झुट्टो तारिफ नगर ल आज
साच्चै भन न म तिम्रो नजरमा कस्ती देखिन्छु ?

Comments

  1. This comment has been removed by the author.

    ReplyDelete
  2. अ साच्चिकै राम्री नै देखिन्छौ नि 😊😊

    ReplyDelete

Post a Comment

Popular posts from this blog

डियर जीन्दगी

तिम्रो र मेरो विचार फरक

मनका भावना