शहर भन्दा गाँउ नै राम्रो

शहर भन्दा गाँउ नै राम्रो

जहाँ घरहरु नम्बरले होइन 
बाबा आमाका नामले चिनिन्छन

जहाँ सम्बन्धहरु अग्ला महल र बैंक व्यालेन्सले होइन 
भावना र जस्बातले जोडिन्छिन

जहाँ साथीभाईहरु बार र पबमा होइन
साइला दाईका चिया पसलमा भेटिन्छन्

जहाँ मनका बिदम्बनाहरु रक्सिका गिलासमा होइन
वन पात गर्दा एकअर्कासँग पोखिन्छन्

जहाँ खुशीहरु महंगा होटलमा पार्टी गरेर होइन
एकसाथ कदममा कदम मिलाएर साटिन्छन्

त्यसैले त भन्छु भौतिक सम्पतिमा लोभिएको 
शहर भन्दा मनको सुखमा रमेको गाँउघर नै राम्रो ।।

Comments

Popular posts from this blog

डियर जीन्दगी

तिम्रो र मेरो विचार फरक

मनका भावना