मन छ

बर्षैदेखि नफेरिएका मेरी आमाको फाँटेको धोती फेरिदन मन छ
कयौं सालदेखि मेरा बाबाका खुट्टाले स्पर्श गर्न नपाएका चप्पल किनिदिन मन छ

खेलौ खेलमा डाक्टर बन्ने मेरा भाईका सपनालाई उडान भरिदिन मन छ
हावा र पानीबाट आफुलाई जोगाउन संघर्ष गरिरहेको मेरो घरको छानोलाई जस्ता पाताको ओतदिन मन छ

कमेरो माटोले सज्जिन नसकेका मेरा बेरंग भित्ताहरुमा सप्तरंग भरिदिन मन छ
गुन्द्रुक र ढिडो भन्दा अरु स्वाद महशुस गर्न नपाएका मेरा जिब्रालाई ८४ व्यञ्जनको अनुभुति गराईदिन मन छ

मेरा आमा बुबाका आँखामा बिजेका हरेक सपनालाई एउटा सार्थक रुप दिन मन छ
कसैका इच्छा र आकांक्षाहरुले आत्म हत्या गर्नु नपर्ने एउटा संसार बनाउन मन छ

परिस्थिति र बाध्यतामा अल्झिएको मेरो मन भित्रको पिडालाई पोको पारेर टाँढा टाँढा  फालिदिन मन छ
र, जीन्दगीभरि बाटो नमोड्ने गोरेटाहरुसंग साइनो गास्न मन छ

Comments

Popular posts from this blog

डियर जीन्दगी

तिम्रो र मेरो विचार फरक

मनका भावना