जीवनका खुडकिलाहरु

जीवनका खुडकिलाहरु कहाँ सहज छन् र

न त फड्को मार्न मिल्ने
न त घिस्रेर हिड्न मिल्ने

कहिले लड्छु, फेरि उठ्ने कोशिस गर्छु
केहि कदम अगाडि चाल्छु
हावाको वेग जस्तै कति बेला पछाडि धकेलिन्छु

हिडेर थाक्छु कहिले
अनि हार मान्छ जिन्दगीले
फेरि सुस्केरा हाल्दै, कहिले हिड्छु

कहिले लडखडाउछु
अनि कहिले उक्लिन्छु
कहिले गरल्यामगुरलुम खस्छु जीवनका खुडकिलामा

तब पनि आशा छ
हरेक खुडकिलालाई नबिराई टेक्नेछु
र पार गर्नेछु
किनकी हरेक खुडकिला विशेष छन् ...

Comments

Popular posts from this blog

डियर जीन्दगी

तिम्रो र मेरो विचार फरक

मनका भावना