Posts

Showing posts from February, 2021

तिम्रो र मेरो विचार फरक

 थाहा छ मलाई तिम्रो र मेरो विचार फरक भूगोल एउटै भएपनि परिवेश फरक छ तिमी बादल माथी नयाँ दुनियाको कल्पना गर्छौं म बादल भित्र दुनिँया बसाउन खोज्छु तिमी हवाईजहाजमा उड्ने सपना देख्छौं म जमिना हिड्न रमाउँछु  तिमी शिशाका महलहरु तिर लोभिन्छौं म ढुँगा र माटोको न्यानोपनमा आकर्षित हुन्छु तिमी कहाँ हाइफाई जीवन रोज्छौं म लाज ढाक्न र भोक मेन्ट पाए मख्ख हुन्छु थाहा छ तिमी नर्थ पोल म साउथ पोल हँु भन्ने तिमी र म बीच तुलना र तर्जुमा गर्न नसकिएला तर चुम्बकका दुई विपरित पोलहरु आकषित भएजस्तै तिम्रा र मेरा भावनाहरु कत्तै तालमेल मिलाउन नसकिएला त

रिसाए झैं गर्छु

सधैं भरि तिम्रो कुरामा जवाफमा केही नबोली  सहमति जनाइरहने म कुनै दिन तिम्रा कुरामा चित्त नबुझेर असहमति जनाउँदै गर्दा म अलिअलि रिसाए झैं गर्छु तिमी प्रतिक्रियामा मलाई फकाए झैं गर्नु म फेरि दंग्याउदै ठुस्स मुख पार्दा गल्ती तिम्रो केही छैन  भन्ने थाहा हुँदा हुँदै पनि मुस्कुराउँदै कान समाए झैं माफी माग्नु तिमीलाई थाहा छ म मुड्डी छु कुनै दिन बिना कारण  झर्केर नमिठो बोल्न सक्छु त्यतिबेला आफै बुझेर मनलाई सम्झाउनु मैले कुनै बेला तिमीलाई अनेक थरी भनेर जिस्काइरहँदा नराम्रो लागेको हुन सक्छ मनमा लागेका कुराहरु बिना संकोच भनिहाल्नु त्यति बेला तिमी मलाई घुर्काउनु म पनि तिमीलाई फकाउने प्रयत्न गरौंला कहिले तिमी रिसाए झैं गर्नु कहिले म गरौंला तर यो रिसाउने  र फकाउने सिलसिला कहिले नटुंगियोस्

डियर जीन्दगी

डियर जीन्दगी कहिले मन फुरुंग होला कहिले आत्तिएको पनि हुन सक्ला कहिले नडग्मगाउने कदम होला कहिले पाईला सार्ने आँट नहुन सक्ला फुरुंग भएकी हुँदा  तिम्रो जरुरत छैन भन्ने नसोच्नु मन आत्तिएकी बेला एक्लै भौतारियोस् भनेर नछोड्नु चाहे मेरा कदम अघि बढिरहुन चाहे ती रोकिन विवश किन नहुन साथ तिम्रो रहिरहोस्