Posts

Showing posts from July, 2020

म चाहन्न कि म ती पल्ला घरे बुबा आमा जस्तो एउटै थलो परु

अब त उमेर पनि हुन लाग्यो, विवाहको बारे के सोच्या छौं ? कोही छ मन पर्ने कि के प्लान छ ? (यो सबै भन्दा अप्रिय लाग्ने शब्द मलाई कसैले नभनोस् जस्तो लाग्छ तर खैर जिन्दगी सबै कुरा आफुले सोचे र चाहे जस्तो कहाँ हुन्छ र) संगैका साथीहरुका छोरा छोरी समेत स्कुल जान थालिसके, हुँदा हुँदा त्यो पल्लो गाँउको काइलोको कान्छी छोरी छे नि त भन्दा १० वर्ष कान्छी त्यसको समेत विवाह भइसक्यो । आफन्त नातेदारहरु सोध्छन् छोरीको विवाह कहिले गर्ने भनेर, छोरी मान्छेको उमेर बढेपछि राम्रो खानदानी केटा पाउन ग्राहो हुन्छ रे (मानौ यसरी भन्छन् कि कहिले त लाग्छ मैले विवाह नगरेर ठुलो पाप गरिरहेको छु) ह्या नगर्नु मलाई यो विवाह सिवाहको कुरा अहिले, पढ्दै छु त अहिले पढाई सक्नु परेन पहिला, अलि राम्रो जागिर पनि त खानु छ । यति भन्दै म प्रति तेसिएका प्रश्नहरु पन्छ्याउने प्रयास त गरे तर मलाई बेहुली बन्ने रहर कहिले जागेन, न कहिले विवाहको बारेमा सोचे, कसैको विवाहमा जाँदा विवाहका भिडियो हेर्दा बेहुली अन्माउँदा मनमा चिसो छ । घरमा घुरकाएर दंगाएर खाएकी छोरी अर्काको घर गएर कसरी सबैलाई रिजाएर खाउँला भन्ने पिर लाग्छ, सासुले बुहारीप्रति गरेको व...

डियर भित्ता

Image
म अनि मेरा कोठामा भित्ताहरु एकअर्कासंग अपरिचित छौं तर एकअर्का बिना अपुरो छौं हामी भावनाहरु साट्छौं हरेक दिन प्रगाढ मित्रता गास्छौं म आफैमा हराउछु, आफैलाई भुल्छु कहिले मेरो आत्मविश्वास डगमगाएको देख्छ ऊ कहिले भकानिएर रोहिरहेको भेट्छ ऊ त कहिले पुतली झैँ खुसीले उडीरहेको भेट्छ ऊ नाच्दै, गाउदै आफैमा रमाइरहेको भेट्छ ऊ ऊ संग मेरो सहस्य सायदै कुनै लुकेको होला तर पनि कहिले नकारात्मक नजरले हेर्दैन ऊ मेरो साथमा साथ मिलाएर  हरेक अवस्थामा सहज मलाई सहज बनाउने कोसिस गर्छ ऊ दुनियाको लागि सायदै ऊ निरजीव होला तर मेरो भावमा भाव मिलाउने केवल ऊ एउटा छ मैले भन्दा बढि नजिकबाट मलाई उसले चिन्दो हो  मिल्ने भए सायद कहिले दिक्क मानेर छोडेर जादो हो त कहिले मसंगै बसेर अंगालो हालेर रुदो हो त कहिले मेरा बेवकुफीहरुमा पेट मिचिमिची हास्दो हो तर, सोच्छु कहिले काहीँ सायद ऊ बोल्ने भए कति गिज्याउथ्यो होला मलाई  कति ओटा नाम राखिदिन्थ्यो होला मेरो तर पनि रमाइलो हुन्थ्यो होला मेरो बारेमा के सोच्छ सोध थिए होला   मेरा पर्माइस पुरा गर्देउ भन्दै दिक्क पार्थे होला तिमी नबोले पनि मेरो लागि प्रिय छौं स्वार्थको ...

मेहेन्दी

Image
यी हेरन आज मैले मेहेन्दी लगाएकी छु कस्तो देखिएको छ भनन् खासै रामो त बनाउन जानिन तर  जानी नजानी एउटा आकृति कोरेकी छु तिम्रा माया जति सबै यसमा पोखेकी छु अनि आफ्नो हत्केला भित्र लुकाएर राखेकी छु खै तिम्रो माया पो झल्कियो क्या हो हात तानी तानी हेर्दै थिए साथीसंगीनी अली अली खिसी गर्दै  अनि थोरै जलनमा यसको मेहेन्दीको रंग गाढा पो बसेछ भन्दै एकअर्कासंग काने खुसी गर्दै थिए साथीसंगीनी तर मेहेन्दीको रंग र तिम्रो मायामा  खासै तालमेल देख्दिन म यदि यस्तो हुँदो हो त ती रंगहरुलाई सजिन हम्मे हम्मे पर्दो हो खैर केहि छैन यदि मायाको रंग  हत्केलाको मेहेन्दीमा झल्किदो हो त मेरो हत्केलामै मायाको इन्द्रेणी हुँदो हो अनि म हेरेक दिन नयाँ आकृति कोरेर मायाको डाह गर्नेहुरुको प्रतिकृया हेर्दी हुँ