Posts

Showing posts from February, 2023

मनका भावना

Image
धेरै पछि आज  मनका भावनाहरु कोर्दै छु कुना कन्तरामा  उकुस् मुकुस् भएर गुम्सिरहेका बेथाहरुलाई आज  पोख्ने जमर्को गर्दै छु हेसिलो देखिने मुहारमा  अल्झिएर बेरिएका पिडाहरुको  गाठो खोल्ने कोशिश गर्दै छु  जन्दिगीको हरेक अध्यायमा  सहयात्री बन्छु भन्ने आज गुमनाम छन्  कतै बाटो विराए  कि बाटो मोडिए खोज्दै छु  बनाएर घर हिजो यो दिलमा आज अर्को शहरमा नजर घुमाउनेहरु कतै डेरा सरे महलमा कि भौतारिरहेका छन् हेर्दै छु