एउटा सानो घर होस्
चाहे पहाड होस् वा तराई भूभाग जुनै भए पनि आफ्नो भन्ने एउटा सानो घर होस् कमेरोले पोतेको होस् वा सिमेन्टले रंगाइएको होस् विश्वासको पखालमा मायाको छानो होस् भोकाएको बेला पेटभरी खाने गाँस होस् सुख र दुखमा तिम्रो साथ होस् जीवनका भोगाइ र सिकाइमा हौसला दिने हात होस् संगै उठौला विहानी मिलेर गरौंला घरका काम बेलुकी दुईजानै थाकेर आउँदा सबै भुलेर संगै हास्ने बाहना होस् सधैं भरि उस्तै नहोला जीवन तर हाम्रो माया, विश्वास र साथ उस्तै रहिरहोस्