तिमीले सिकायौं......
उचाईसँग डराउने म उचाई छुने सपना देख्न तिमीले सिकायौं कता-कता अल्मलीएको म हात समाएर डोर्याउदै अघि बढ्न तिमीले सिकायौं अध्यारोबाट टाढा भाग्नी म अध्यारोलाई अगाल्न तिमीले सिकायौं दुनियासँग डराउने म उनीहरुको आखाँमा आखाँ जुधाउन तिमीले सिकायौं भिडमा एक्लीएको म यस झुण्डबाट भिन्न संसार बसाउन तिमीले सिकायौं मायाको सागरमा किनारा लागेको म आफैसँग आफुलाई माया गर्न तिमीले सिकायौं .....