Posts

Showing posts from July, 2021

Birthday isn't special without you

 जिन्दगीका कुनै अध्यायहरु निकै विशेष हुन्छन्, हरेक कुरा विशेष भइरहँदा पनि आफ्नोपनको आभाष गराउने मुहारहरु साथमा नहुँदा खल्लो लाग्ने रहेछ, जिन्दगीका आरोह अवरोहमा एक्लै हिँड्ने र लड्ने शाहस र आँट जुटाएपनि कहि कतै मनले भने साहारा खोजीरहेको हुँदो रहेछ । आज कुनै सफलता हासिल गरेको त हैन, न कुनै संकटको सामना गर्नु परेको छ तर पनि आफु जन्मेको दिन एकलै बसिरहँदा मन अमिलो भएर भरिएको छ । आज जाँहा छु त्यो स्वयम मेरा चहाना र रोजाइ हो तर हजुरहरुबाट टाँढा बसिरहँदा यादहरुको छालले सताइरहेका छन् । आज यो जन्म विशेष दिनमा म हजुरहरुको अँगालोमा बिताउन चाहान्थे, जन्मउत्सव मनाउन केक र अनेक थरि मिस्ठान्न नभएपनि गुन्द्रुक र भात खाएर मिठो सम्झना बाड्न चाहान्छु । हजुरहरुबाट टाँढा हरेक उत्सव, पर्वहरु निकै खल्लो छ । मेरो र हजुरहरुको सपनालाई साकार पार्न यो विरानो शहरमा एकलै बसिरहँदा मेरा हरेक कदमहरु सपनाको उचाइतर्फ लम्कीरहुन्, हजुरहरुले गर्व गर्न लाएकको छोरी बन्न सकु, एउटा गन्तव्यमा हिडेको मान्छे बिच बाटोमा नअल्मलिउ ।। yeah today is your princess birthday. I got a lot of calls, text messages and many wishes from ma...